
काठमाडौं, असार १९ । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक हवाई उडानतर्फ भाडा घटाएका छन् ।
वायुसेवा कम्पनीहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले हवाई भाडा न्यूनतम १ सय १५ देखि अधिकतम ३ सय ८५ रुपैयाँसम्म घटाउने निर्णय गरेको हो ।
नयाँ भाडादर सोमबारदेखि लागू हुने संघले जनाएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि विमान सेवा कम्पनीहरुले हवाई भाडा घटाउने निर्णय गरेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए ।
काठमाडौंबाट सबैभन्दा नजिक रहेको सिमराको हवाई भाडा १ सय १५ र टाढाको धनगढीको हवाई भाडा ३ सय ८५ रुपैयाँ घटाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्