४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


दुवै देशले सडक मर्मत गरेपछि रसुवागढी नाका खुल्यो


0
Shares

रसुवा, असार २० । अबिरल बर्षासँगै गएको पहिरोका कारण अवरुद्ध बनेको रसुवागढी नाका सञ्चालनमा आएको छ ।

चीनको केरूङतर्फ ठाउँ ठाउँमा पहिरो गई अवरूद्ध भएको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । नेपालतर्फ निर्माणाधीन रसुवागढी जलबिद्युत आयोजनाको एस्काभेटर प्रयोग गरि सडक खुलाइएको हो ।

चिनियाँ पक्षले पनि आधा दर्जन स्थानमा पहिरो हटाइ यातायात सञ्चालनमा ल्याएको भन्सार कार्यालय रसुवाले जनाएको छ ।

सडक खुलेपछि ठूलो संख्यामा चिनियाँ पर्यटक पनि नेपाल भित्रिएका छन् । १५ वटा मालबाहक कन्टेनर पनि नेपाल भित्रिएको भन्सार अधिकृत फणिन्द्र अर्यालले बताए । यसैगरि नेपालबाट केरुङतर्फ पनि सामान लिन कन्टेनरहरु गएका छन् ।