
काठमाडौं, वैशाख १६ । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी यही वैशाख ३० गते ९९ सय वर्ष पूरा गरी १०० वर्षमा प्रवेश गर्दैछन् ।
ललितपुर महानगरपालिकाले वैशाख ३० देखि २०७७ वैशाख ३० गतेसम्मको एकवर्षे अवधिमा जोशीको जन्मशताब्दी महोत्सवकारुपमा मनाउने भएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा शताब्दीपुरुष जोशीले कला, संस्कृति तथा साहित्य क्षेत्रमा पुर्याएको योगदान नयाँपुस्तालाई चिनाउने गरी कार्यक्रम गरिने बताए ।
एक वर्षभित्र २३ ओटा कार्यक्रम गर्ने र त्यसका लागि ललितपुर महानगर–३ का श्रीगोपाल महर्जनको सयोजकत्वमा १११ सदस्यीय समिति गठन गरिएको छ ।
शतवार्षिकी कार्यक्रमको पहिलो दिन वैशाख ३० गते राष्ट्रपतिको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम गरिने र ललितपुरमा बस्दै आएका १०० वर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाइ सम्मान गरिने जनाइएको छ ।
त्यसैगरी, सत्यमोहन जोशीको तस्वीरअंकित सिक्का र हुलाक टिकट प्रकाशन गर्ने कार्यक्रमसमेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्