२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


जसको नाममा सहमति हुन्छ, उसैको नेतृत्वमा सहमतीय सरकार : दाहाल


0
Shares

काभ्रे, असार २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएपनि एक–अर्कालाई देखाउने नियतले कसैको भलो नहुने बताएका छन् ।

सोमबार काभ्रेका नालामा आयोजित कार्यक्रममा दाहालले नेपाली कांग्रेसलाई प्रतिशोधको राजनीति त्याग्न आग्रह गरे ।

उनले कांग्रेसलाई माओवादीसँग मिलेर एमालेलाई देखाइदिने धारणा छाड्न र एमालेलाई सरकार परिवर्तनको चर्चालाई अन्यथा नलिन आग्रह गरे ।

‘एउटाको सरकार ढाल्ने र अर्को बनाउने खेलले नेपाललाई कहीँ पनि नपुर्‍याउने’ भन्दै दाहालले जसको नाममा सहमति हुन्छ, उसैको नेतृत्वमा सहमतीय सरकार बनाउनुपर्नेमा जोड दिए ।

आफू प्रधानमन्त्री बन्न हतारिएको सन्देश जनतामो गएको भन्दै उनले ‘सवाल प्रधानमन्त्री को भन्ने होइन, संविधान असफल होला कि भन्ने हो’–भने ।

संविधान बन्न नदिन लागेकाहरु अहिले संविधान कार्यान्वयन हुन नदिने खेलमा लागेको उनको दाबी थियो ।