२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेप्से २ अंकले झर्‍यो


0
Shares

काठमाडौं, असार २० । सोमबार पनि शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आयो ।

यसदिन नेप्से साढे २ अंक बराबरले झरेर १७ सय १६ बिन्दूमा आइपुग्यो । आइतबार पनि नेप्से ४ अंकले घटेको थियो ।

सोमबार विकास बैंक र बीत्त समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।

बीमा समूह सबैभन्दा उच्च ७८ अंकले घट्यो भने वाणिज्य बैंक समूहमा पनि करिब ४ अंकको गिरावट आयो ।

यसदिन १ सय ४० कम्पनीको १८ लाख १७ हजार कित्ता शेयर १ अर्ब ५४ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।