
सोलुखुम्बु, वैशाख १६ । सोलुखुम्बुको सोताङमा खोलामा भ्यागुता खोज्न गएका दाजुभाइ मृत फेलापरेका छन् ।
स्थानीय रोकखोलामा गएका सोताङ गाउँपालिका–४, रोकका २१ वर्षीय बालकुमार राई र १७ वर्षीय मानवीर राई मृत भेटिएका हुन् ।
आइतबार राति गएका उनीहरु सोमबार बिहान १० बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गर्दा खोलामा तैरिराखेको अवस्थामा भाइ मानवीरको शव फेलापरेको हो ।
त्यसपछि करिब २० मिटर तल एक छाँगामा दाजु बालकुमारको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
वर्षापछि आउने भेल–बाढीसँगै पाहा, भ्यागुता पनि बाहिर फेलापर्ने भएकाले राई दाजुभाइ रातको समयमा खोलामा गएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्