२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


दाहाललाई ओलीको प्रश्न– बहुमतीय नै बनाएर के हुन्छ ?


0
Shares

काठमाडौं, असार २१ । प्रधानमन्त्री केपी ओलीले तीन प्रमुख दलको सहमतिमा मात्र संविधान कार्यान्वयन हुने भएकाले अर्को बहुमतीय सरकारको कसरतमा नलाग्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

ओलीले नौ बुँदे सहमति कार्यान्वयनका लागि आफू तत्पर रहेको भन्दै सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

‘संविधान कार्यान्वयनका लागि ठूला तीन दल चाहिहाल्छन्, संविधान जारी गर्ने पक्ष तीनै हुन्,’ ओलीले दाहाललाई दिएको जवाफ उद्धृत बालुवाटार स्रोतले भन्यो, ‘त्यसैले तीन दलबीच त्यस्तो सहमति नबनि अर्को बहुमतीय सरकार बनाएरमात्र के उपलब्धि हुन्छ ?’

माओवादीले एमालेसँग गत वैशाख २३ को नौ बुँदे सहमति प्रभावकारी रुपमा कार्यान्वयन नभएको, भद्र सहमति अनुसार असार १५ पछि सहमतिको सरकार बनाउनेतर्फ तत्परता नदेखाएको लगायतका पार्टी हेडक्वार्टर बैठक निर्णय सुनाउन बालुवाटार पुगेका दाहाललाई ओलीले यस्तो प्रश्न गरेका हुन् ।

कांग्रेसले दुई प्रमुखमध्ये एउटा दल प्रतिपक्षमा बस्नुपर्ने धारणा राखिरहेको छ । यही सन्दर्भलाई कोट्याउँदै ओलीले कुनै बृहत सहमति नबनी सरकारमात्र परिवर्तनले कुन विषयलाई कसरी टुंग्याउन सक्छ ? त्यसको आधार के हो ? भन्दै दाहालको ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ । –कान्तिपुर दैनिकबाट