४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


मापदण्डविपरीतका ग्यास उद्योग खारेज हुने


0
Shares

काठमाडौं, असार २१ । उपभोक्ताको ज्यानसँग खेलवाड हुने गरी मापदण्ड विपरीत सिलिन्डर उत्पादन गर्ने ग्यास उद्योग खारेज गर्ने तयारी गरिएको छ ।

नेपाल आयल निगमले यस सम्बन्धी नीति बनाउन सुरु गरेको छ ।

सिलिन्डर रिफिलिङ गर्ने निजी ग्यास उद्योगीले बजारमा एकाधिकार कायम गरी गुणस्तरहीन सिलिन्डर उत्पादन गरे खारेज गर्नेसम्मको नीति ल्याउने तयारी सरकारले गरेको हो ।

निगमका प्रवन्ध निर्देशक गोपाल खड्काका अनुसार नेपालमा ५५ वटा ग्यास रिफिलिङ गर्ने बोटलिङ प्लान्ट छन् ।

ठूलो संख्यामा उद्योग भए पनि सुरक्षाको भरपर्दौ आधार पालना नगरेको र उपभोक्ताको मागअनुसार ठूलो परिमाणमा सिलिन्डर समेत उत्पादन नगरेकाले यस्ता उद्योगलाई लगाम लगाउने तयारी गरिएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट