
काठमाडौं, असार २१ । व्यवस्थापिका–संसदको मानवअधिकार समितिमा होटल सोल्टीले सन्चालन गरेको क्यासिनो नेपालका मजदुरहरुले आफूले पाउनुपर्ने तलब–भत्तालगायतका सुविधा नपाएको भन्दै उजुरी गरेका छन् ।
मंगलबार बसेको समितिको बैठकमा मजदुरहरुले आफूहरुले लामो समयदेखि क्यासिनो नेपालमा काम गर्दै आएपनि अहिले बिनाकारण आफूहरुले पाउनुपर्ने मासिक तलब र सुविधा रोकिएको भन्दै गुनासो गरेका हुन् ।
समितिका सदस्यहरुले होटलले मजदुरलाई दिनुपर्ने पारिश्रमिक रोक्न नमिल्ने भन्दै कुनैपनि उपाय गरेर भएपनि मजदुरका सेवा–सुविधा उपलब्ध गराउन आग्रह गरे ।
समितिले यसबारे सोल्टी होटलको व्यवस्थापन, मजदुर र सम्बन्धित निकायसँग छलफल गरी दुई दिनभित्र पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्