२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


चीनमा रहेकी राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीमा सहभागी


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँगै अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी भएकी छन् ।

बेइजिङको दक्षिण पश्चिमी बाहिर भागमा केन्द्रबाट ७० किलोमिटरभन्दा टाढा रहेको कुनमिङ नगरमा आयोजित प्रदर्शनीको चिनियाँ राष्ट्रपति सीले उद्घाटन गरे ।

उनले प्रदर्शनीबाट विश्वको सबै कुनामा हरित विकासको धारणा फैलन सक्ने आशा व्यक्त गरे ।

१६२ दिनको प्रदर्शनीमा ११० मुलुकको सहभागिता रहेको छ । राष्ट्रपति भण्डारीले उक्त प्रदर्शनीमा रहेको नेपाली प्याभिलियनको उद्घाटन गरिन ।