
काठमाडौं, असार २१ । नेपाल परिवार दलको दोस्रो महाधिवेशन मंगलबारदेखि राजधानीमा सुरु भएको छ । महाविधेशनमा देशभरबाट एक हजार प्रतिनिधि सहभागी छन् ।
महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले नयाँ सविधान कार्यान्वयनका लागि सबैको प्रतिबद्धता र प्रयास आवश्यक भएकोमा जोड दिए ।
दुई दिनसम्म चल्ने महाधिवेशनले पार्टीको भावी नीति, कार्यदिशा र नेतृत्व चयन गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्