
काठमाडौं, असार २१ । टुरिष्ट गाइडहरुले पछिल्लो समयमा आफूहरुले राज्यको उपेक्षा व्यहोर्नुपरेको गुनासो गरेका छन् ।
मंगलबार काठमाडौंमा भएको टुरिस्ट गाइडहरुको राष्ट्रिय भेलाका सहभागीहरुले न्यूनतम् तलबसमेत निर्धारण नहुनु तथा पर्यटक घुमाउन जाँदा हुने सम्भावित दुर्घटनाका लागि राज्यले बिमा नगर्दा सधैं जोखिमपूर्ण ढंगले काम गर्नुपरेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखेरेले पर्यटन क्षेत्रलाई माथि उकास्न पथप्रदर्शकहरुको भूमिका महत्वपूर्ण रहेकाले उनीहरुको आधारभूत समस्या समाधान गर्न सरकारले विशेष पहल गर्ने बताए ।
कार्यक्रममा बोल्ने पर्यटन क्षेत्रसम्बद्ध व्यक्तिहरुले पथप्रदर्शकहरुलाई समयानुकुल दक्ष बनाउन नसकिए विदेशी पर्यटकको मन जित्न नसकिने बताए ।
सम्मेलनले ६ बुँदे मागसहितको घोषणापत्र जारीसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्