२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


नेपाल–भारत प्रबुद्ध समूहको बैठक सम्पन्न, अर्को बैठक दिल्लीमा, कसले–के भने ? (भिडियोसहित)


0
Shares

काठमाडौं, असार २१ । नेपाल–भारत प्रबुद्ध समूहको बैठक मंगलबार राजधानीमा सम्पन्न भएको छ ।

पहिलोपटक आयोजना गरिएको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिदेखि अरु सन्धि–सम्झौताहरुलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा नयाँ तरिकाले परिभाषित गर्ने गरी विभिन्न पाँच क्षेत्रलाई केन्द्रमा राखेर छलफल गरेको जनाइएको छ ।

बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रबुद्ध समूहका संयोजकहरुले नेपाल–भारतबीचको सम्बन्धलाई अरुसँग तुलना गर्न नमिल्ने बताए ।

नेपाली टोलीको नेतृत्व गरेका पूर्वमन्त्री भेषबहादुर थापाले बैठकमा सन् १९५० को सन्धिदेखि सबै सन्धि–सम्झौताहरु पुनरावलोकन गर्ने विषयमा गहन छलफल भएको बताए ।

यस्तै, भारतीय पक्षको नेतृत्व गरेका भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले नेपाल–भारतबीचको सम्बन्ध अरु मुलुकसँग तुलना गर्न नसकिने भन्दै कहिले–काँही उत्पन्न हुने समस्यालाई पनि आपसी समझदारीबाट हल गर्नुपर्ने बताए ।

समूहको अर्को बैठक तीन महिनापछि नयाँदिल्लीमा बस्ने सहमतिसमेत भएको छ ।

प्रबुद्ध समूहका सदस्यहरुले मंगलबारै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर छलफल गरेका छन् ।

भिडियो हेर्नुहोस्