Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


लमजुङमा रैथाने बाली जोगाउन बीउ बैंक स्थापना


0
Shares

नवीनराज कुइँकेल (इमेज)

लमजुङ, असार २१ । स्थानीय रैथाने जातका बालीहरु जोगाउन लमजुङमा सामुदायिक बीउ बैंक स्थापना गरिएको छ ।

राइनास नगरपालिका–७, सातबिसेमा सामुदायिक बीउ बैंक स्थापना गरिएको हो । लुथरन वल्र्ड रिलिफ र कोपाडेसको सहयोगमा स्थानीयले बीउ बैंकको स्थापना गरेका हुन् ।

बीउ बैंकमा ३ सय ५६ प्रजातीका बालीहरुको बीउ राखिएको छ । जसमा ९४ प्रजातीका धान, ३२ जातका मकै, २० जातका कोदो, २९ जातका बोडी छन् ।

यस्तै रहर, पालुंगो, तोरी, सिमी, मुसुरो, केराउ, घिरौंला, फर्सी, काउली, ब्रोकाउलीका पनि विभिन्न जातहरु संकलन गरी बैंकमा राखिएको छ ।

जलवायु परिवर्तन र बढ्दो खाद्य असुरक्षासँग लड्नका निम्ति लोपोन्मुख स्थानीय बाली र तिनीहरुका रैथाने जातहरुको महत्व, संरक्षण, दिगो उपयोग र प्रबर्धनको उपायहरुकोबारेमा कृषकहरु सचेत हुन थालेका छन् ।

बीउ बैंक स्थापना भएपछि त्यसको सन्चालन प्रक्रिया र दिगोपनाका लागि कृषकहरुले अन्तरक्रिया गर्ने गरेका छन् ।

स्थानीय क्षेत्रमा पाइने स्थानीय बालिका रैथाने जातहरुको विविधतालाई घर–खेतस्तरमै संरक्षणका लागि सामुदायिक बीउ बैंक, घरायसी बीउ बैंक, सामुदायिक फिल्ड जीन बैंक, स्कुल फिल्ड जीन बैंक आदिको माध्यमबाट संरक्षण गर्ने योजना बनाइएको छ ।