Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


कांग्रेस महामन्त्री शशांक कोइरालालाई भएको के हो ? यसो भन्छन् चिकित्सक (भिडियो)


0
Shares

काठमाडौं, असार २२ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

उनको राजधानीको ओम अस्पतालमा अचेत अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

अचानक अस्वस्थ भएपछि महामन्त्री कोइरालालाई मंगलबार बेलुकी ८ बजेतिर अस्पताल भर्ना गरिएको हो ।

मंगलबार साँझ बान्ता भएपछि कोइरालाको स्वास–प्रश्वासमा पनि समस्या देखिएको थियो ।

अस्पतालमा भर्ना गरिँदा उनको रक्तचाप निकै कम रहेको र राति बान्ता भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको ओम अस्पतालले जनाएको छ ।

अस्पतालले बुधबार पत्रकार सम्मेलन गरी उनको उपचारमा १५ जना चिकित्सकको टोली खटिएको जानकारी दिएको हो ।

अस्पतालका कार्डियोलोजिस्ट डा. लवनरसिंह जोशीले कोइरालामा निमोनियाको समस्या पनि देखिएको जानकारी दिए ।

महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार नआए बुधबारै एअर एम्बुलेन्समार्फत् उपचारका लागि भारत लैजान कांग्रेसले तयारी गरेपनि स्वास्थ्य अवस्था निकै जटिल भएको भन्दै अस्पतालले अनुमति दिएको छैन ।

कोइरालाको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान अस्पताल पुगेर जानकारी लिएका छन् ।

त्यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता–कार्यकर्ताले पनि कोइरालाको अवस्थाबारे जानकारी लिएका छन् ।

भिडियो हेर्नुहोस्