
काठमाडौं, असार २३ । चीनतिरका हिमताल फुटेका कारण मंगलबार राति भोटेकोसीमा अकस्मात बाढी आएको हुन सक्ने विशेषज्ञहरुले औंल्याएका छन् ।
हिमताल फुटेर वा डेब्रिज (गेगर, ढुंगा, रुख बिरुवा, लेदो) सहित ठूलो पहिरो आएका कारण अकस्मात बाढी आएको हुन सक्ने उनीहरुको अनुमान छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का तर्फबाट त्रिविको भूगोल विभागका प्राध्यापक डा. नरेन्द्रराज खनाल, इसिमोडका हिमताल विज्ञ प्रदीपकुमार मुल र चीनको कुन्मिङस्थित युनान युनिभर्सिटीकी जिन मिङ हुले गत वर्ष गरेको अध्ययनले चीनतिरका १० हिमताल विस्फोटको जोखिम रहेको निष्कर्ष निकालेको थियो ।
अध्ययनले चीनतिरका जिया लोङ को, झाङझाङबो, को जियाङ्गु, युमोजियानको, किजिलाको, तालाको, गालङको, गाङ झिको, पाजुको र छाउकु डेङ नामका हिमताल उच्च जोखिममा रहेको निष्कर्ष निकालेको थियो । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्