Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


मुस्लिम समुदायहरु आज इद उल फित्र पर्व मनाउँदै


0
Shares

काठमाडौं, असार २३ । मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशिर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् ।

अरबि पात्रोअनुसार दसौं महिनाको पहिलो दिन मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउने गर्दछन् । खुसीपूर्वक शरिरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

अरबि पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन बुधबार बेलुकी चन्द्रमा देखिएपछि बिहीबार इद उल फित्र मनाइएको हो । यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि यो मीठो मसिनो खाने गर्दछन् ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ ।

यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ ।

यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ । इद उल फितरको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ ।

हातमुख धोएर फजर नमाज पढिन्छ । स्नान गरेर नयाँ कपडा पहिरिइ मस्जिद, इदगाहमा गएर विशेष नमाज पढिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक विशेष नमाज पढ्छन् । बकर इद र इद उल फितरमा ।

विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशिर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ । यो आशिर्वाद लिने क्रम आजदेखि तीन दिनसम्म चल्छ । पाहुनालाई सेवइ र लछा खुवाइन्छ । यस पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।