
काठमाडौं । कांग्रेस नेता एवम अग्रणी समाजसेवी डम्बर खड्काको पहलमा मानसिक सन्तुलन गुमाएर बेवारीसे बनेका एक ब्यक्तिलाई इलामबाट उद्दार गरी काठमाडौं ल्याइएको छ ।
नेता खड्काले काठमाडौंसम्मको एम्बुलेन्स खर्च उपलब्ध गराएपछी बेवारीसे ति ब्यक्तिलाई काठमाडौं ल्याइएको हो ।
केही महिना देखी इलाम र बिब्ल्याटे बजार आसपासमा बस्दै आएका उनी दाहिने हातको सबै औला कुहिएर बिछिप्त अवस्थामा थिए ।
काठमाडौं ल्याउनु अघि उनलाई जिल्ला अस्पातल इलामका चिकित्सकले प्राथमिक उपचार गर्नुको साथै कपाल काटेर नयाँ कपडा लगाइदिएका थिए ।
इलाम नगरपालिका वडा नम्बर ४, बरबोटेका एक युवाले केही दिन अघि प्रहरीको सहयोगमा बिब्ल्याटे आसपासबाट उद्दार गरी उनलाई अस्पातल पुर्याएका थिए । अस्पातलमा उनको हातको प्राथमिक उपचार मात्र भएको थियो ।
हातमा पुरै किरा परी सकेकोले उनलाई थप उपचारको लागि जिल्ला बाहिर लानुपर्ने चिकित्सकले बताएका थिए ।
नाम ठेगाना समेत बताउन नसक्ने उनको उपचारमा समस्या भएपछी केही युवाले सामाजिक सन्जालमा सहयोग मागेका थिए ।
कांग्रेस नेता खड्का, इलामका सहयोगी हातहरु लगायत केही स्थानिय युवाबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।
प्रतिक्रिया दिनुहोस्