Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


संघीय गठबन्धनको रिले अनसन एक महिनादेखि जारी, बार्ताको पहल भएन्


0
Shares

काठमाडौं, असार २३ । संविधानप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएको संघीय गठबन्धनले काठमाडौंमा रिले अनसन सुरु गरेको एक महिना पुगेको छ ।

राजधानीको खुल्लामञ्चमा सुरु भएको रिले अनसनको एक महिना पुरा भए पनि सरकारसँग अझै औपचारिक वार्ता हुनसकेको छैन ।

रिले अनसनमा बसेका गठबन्धनका नेताहरुले वार्ताका लागि सरकारले कुनै पनि पहल नै नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

हामीसँग कुरा गर्र्दै आन्दोलनरत दलका नेताहरुले मधेसका माग पुरा नहुञ्जेल आन्दोलन नरोकिने बताए ।

गठबन्धनका नेताहरुले माग पूरा नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आगामी कार्यक्रमको तय गठबन्धनको बैठकले गर्ने उनीहरुले बताएका छन् ।