
सर्लाही, वैशाख १६ । सर्लाहीको हरिवन नगरपालिका–११ मा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।
बासाटोलबाट चापेनीतर्फ जाँदै गरेको बा२९प ८३१८ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भइ पल्टिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक हरिवन नगरपालिका–१० सुकेपोखरीका ३८ वर्षीय राजेश श्रेष्ठको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्