४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


आँखुखोला जलविद्युतले एक सय अंकित मूल्यका ८ लाख कित्ता सेयर जारी गर्दै


0
Shares

                                                  फाइल फोटो

काठमाडौं, असार २३ । आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ ।

आयोजनाका प्रबन्धनिर्देशक विश्वनाथ कँडेलले कम्पनीले प्रतिकित्ता रु एक सय अंकित मूल्यका ८ लाख कित्ता साधारण सेयर जारी गर्न लागिएको जानकारी दिए ।

धादिङको मार्पाकमा आँखुखोलामा निर्माण गरिएको आँखुखोला जलविद्युत् आयोजनाले ८.४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।

धितोपत्र बोर्डले भने आगामी साउनमा साधारण सेयर जारी गर्न अनुमति दिने तयारी गरेको छ ।

यस्तै, सोही कम्पनीले २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजना निर्माण गर्ने जनाएको छ ।

धादिङको लापा र सेर्तुङ गाविसमा आयोजनास्थल रहेको सो आयोजना आगामी हिउँदबाट निर्माण गरिने कँडेलको भनाइ छ । आयोजनाको कुल लागत रु चार अर्ब ३७ करोड रहेको छ ।

कम्पनीले विद्युत् खरिद–बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिइसकेको छ । रासस