फाइल फोटो
काठमाडौं, असार २३ । आपूर्तिमन्त्री गणेशमान पुनसहितको टोलीले विहीबार पनि राजधानीका विभिन्न भागमा अनुगमन जारी राखेको छ ।
बालाजु, माछापोखरी, गोंगबु, नयाँ बजारलगायत स्थानमा पसल, स्वास्थ्य संस्था तथा औषधि पसलहरुमा छापा मारेको हो । अनुगमनकाक्रममा व्यापक अनियमितता भेटिएको अनुगमन टोलीले जनाएको छ ।
गोंगबुस्थित एक पोलिक्लिनिकमा अनुगमन गर्दा १० वर्षदेखि अनुमतिपत्रसमेत नवीकरण नगरी सन्चालन गरिरहेको फेलापरेको र तत्कालै कारबाहीको प्रक्रिया अगाडि बढाइएको आपूर्ति विभागका अधिकारीहरुले जनाएका छन् ।
मन्त्री पुनकै नेतृत्वमा बुधबार पनि विभागले पाटन औद्योगिक क्षेत्रमा अनुगमन गरेको थियो ।
अनुगमन निरन्तर जारी रहने पनि आपूर्ति विभागले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्