
काठमाडौं, असार २३ । सूचनाको हकलाई अझ प्रभावकारी बनाउन भन्दै गर्भमेन्स फेसेलिटी र राष्ट्रिय सूचना आयोगबीच विहीबार सम्झौता भएको छ ।
सूचनाको हकलाई वित्तीय र प्राविधिक सहयोगसम्बन्धी सम्झौता भएको हो ।
तीन वर्षका लागि भएको सूचना सहयोग सम्झौतामा आठ करोड रुपैयाँ सहयोग गर्ने उल्लेख गरिएको छ ।
यो योजनाले सूचनाको हकलाई जनस्तरमा पुर्याउन, सूचना माग्न जनतालाई जागृत गराउन, सूचना अभियान्तालाई तालिम दिन, जनचेतानाका विभिन्न कार्यक्रम सन्चालनमा केन्द्रित हुने सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले जानकारी दिए ।
आयुक्त किरण पोखरेलले लोकतन्त्रलाई संस्थागत् विकास गराउन सूचना महत्वपूर्ण हुने भन्दै यो योजना लोकतान्त्रकलाई सुदृड गर्दै पारदर्शीतामार्फत् देशलाई सम्बृद्ध बनाउने अभियानमा केन्द्रित हुने बताए ।
प्रतिक्रिया दिनुहोस्