
काठमाडौं, असार २४ । बिरामी भएर काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा निकै सुधार भएको छ ।
कोइराला बिस्तारै बोल्न थालेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्यमा चामत्कारिक सुधार भएको भन्दै चिकित्सकहरुले हिजो अपरान्ह ४ बजे भेन्टिलेटरबाट बाहिर निकालेका थिए ।
पेट र स्वास प्रश्वासमा असहज भएको भन्दै कोइराला गत मंगलबार राति ओम अस्पतालमा भर्ना भएका थिए । बुधबार बिहान अकस्मात अचेत भएका कोइरालालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्