२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


मन्त्रिपरिषद बैठक स्थगित


0
Shares

काठमाडौं, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण आज बिहान बसेको मन्त्रिपरिषद बैठक बिना निश्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेदेखि बसेको बैठकमा मन्त्रीहरुले विभिन्न विषयमा छलफल गरे पनि प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बैठक स्थगित गरियो ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो । स्रोतका अनुसार मन्त्रिपरिषद्मा निर्णय गर्ने बिषयमा कुरा नमिलेपछि बैठक स्थगित गरिएको हो ।