Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


आक्रमणकारीलाई हदैसम्मको कारबाही हुन्छ : मन्त्री पुन


0
Shares

भक्तपुर, असार २४ । आपूर्तिमन्त्री गणेशमान पुनले सरकारले देखाउनका लागि बजार अनुगमन नगरेको बताएका छन् ।

शुक्रबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको कार्यक्रममा उनले कालोबजारी बढेको र कालोबजारीलाई संरक्षण भइरहेको सूचना पाएरै बजार अनुगमन सुरु गरेको बताए ।

मंगलबार कालिमाटीमा अनुगमनमा खटिएको टोलीमाथि भएको व्यवहार नेपाली उपभोक्ताका लागि अपाच्य रहको भन्दै उनले आक्रमणकारीहरुलाई हदैसम्मको कारबाही हुने बताए ।

मन्त्री पुनले आफ्नो टोल–छिमेकमा कसैले कालोबजारी गरिहेको वा आफू ठगिएको महसुस भए तत्काल सरकारी निकायलाई सूचना दिन पनि आग्रह गरे ।