१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


पन्ध्रौं पञ्चवर्षीय योजनाको आधारपत्र पारितः के-के छन् प्रमुख योजना ?


0
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोचसहितको पन्ध्रौं पञ्चवर्षीय योजनाको आधारपत्र पारित भएको छ ।

आइतबार प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओली अध्यक्षतामा बसेको पूर्ण बैठकले आधारपत्र पारित गरेको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले महत्वाकांक्षी नभइ देश विकास नहुने भन्दै ठूलै सपना देख्नुपर्ने र योजना समावेश गर्दा कन्जुस्याइँ गर्न नहुने बताए ।

आयोगले पाँच वर्षमा १५ हजार किलोमिटर राष्ट्रिय लोकमार्ग, १ सय २० किलोमिटर रेलमार्ग, पूर्व पश्चिम रेलमार्ग, काठमाण्डौ मेट्रो रेल, ७६ किलोमिटर द्रुतमार्ग, रसुवागढी– काठमाण्डौ –पोखरा–लुम्बिनी रेलमार्ग र वीरगञ्ज– काठमाण्डौ  रेलमार्गको काम अघि बढाउने सहितका योजना समेटेर पन्धौं पञ्चवर्षीय योजनाको आधारपत्र तयार पारेको छ ।

आयोगले केही योजनालाई राष्ट्रिय विकासमा ‘गेम चेन्जर‘ योजनाको रुपमा समेत ब्याख्या गरेको छ ।