२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


सरकारको काम चित्त नबुझे बाहिरिनोस् : बिजुक्छे


0
Shares

पोखरा, असार २४ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारमा बसेर त्यही सरकारको विरोध गर्नु राजनीतिक नैतिकताविपरीतको कार्य भएको बताएका छन् ।

नेपाल मजदुर किसान पार्टी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकारको काममा चित्त नबुझे सरकारबाट बाहिरिन माओवादी केन्द्रलाई सुझाव दिए ।

सबै दलहरुबीच गहन छलफल गरेरमात्रै सीमांकनको टुंगो लगाउनुपर्ने भन्दै बिजुक्छेले सीमांकनपछिमात्रै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने धारणा राखे ।

उनले मधेसी नेताहरुको ध्यान आफ्नो सुख, सयलमामात्रै रहेको भन्दै उनीहरुलाई मधेसी जनताको कुनै चिन्ता नरहेको जिकिर गरे ।