Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


खुलामुखी सामूहिक लगानी योजना सञ्चालनका लागि बोर्डको अनुमति


0
Shares

काठमाडौं । धितोपत्र बोर्डले खुलामुखी सामुहिक लगानी योजना सञ्चालन गर्न अनुमति दिएको छ ।

बोर्डले आइतबार विज्ञप्ती जारी गरी धितोपत्र बजारमा नयाँ वित्तीय औजार खुलामुखी सामुहिक लगानी योजना सञ्चालन गर्न एक कम्पनीलाई अनुमति दिएको  जनाएको हो ।

बोर्डको आ.ब. २०७५।०७६ को नीति तथा कार्यक्रममा धितोपत्र बजारमा सामूहिक लगानीकोष अन्तर्गत खुलामुखी योजनालाई समेत प्रवेश गराउने कार्यक्रम रहे अनुरुप बोर्डले एक योजना व्यवस्थापकलाई प्रयोगात्मक रुपमा प्रारम्भिक आकार रु.५० करोड रहने गरी पहिलो खुलामुखी सामूहिकलगानी योजना संचालनगर्न अनुमति प्रदान गरेको जनाएको छ ।

उक्त योजनाअन्तर्गत  पहिलो चरणमा १२ करोड ५० लाख बराबरको ईकाइहरु सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री खुल्ला हुनेछ ।

बन्दमुखी योजना जस्तै खुलामुखी योजनाको प्रतिइकाई मूल्य १० रुपैयाँहुने र न्यूनतम १००० रुपैयाँ सम्ममा इकाई खरीद गर्न सकिने जनाइएको छ ।

खुलामुखी योजना निश्चित अवधिमा परिपक्व हुने नभई निरन्तर संचालनमा रहने, स्टक एक्स्चेन्जमा सूचीकरण नहुने र धितोपत्र दलालमार्फत कारोवार नहुने, लगानीकर्ताहरुले ईकाइ खरिद गर्दा कुनै शुल्क नलाग्ने लगायतका विशेषता हुने बोर्डले जनाएको छ ।

वि. सं. २०६७ सालमा सामूहिक लगानीकोष नियमावली लागू भए पश्चात हालसम्म करीव १६अर्व रुपैयाँ बराबरको १७ वटा बन्दमुखी योजनाहरु मात्र संचालनमा रहेका थिए ।

खुलामुखी योजनाको प्रवेशसँगै लगानीकर्ताहरुलाई लगानीका लागि नयाँवित्तीय औजार उपलब्ध हुने र यसबाट लगानीकर्ताहरुले लगानी विविधीकरण गर्न सहयोग पुग्नुकासाथै धितोपत्र बजारमा नयाँआयाम थपहुने र यसबाट बजारको दायरा फराकिलो हुन सहयोग पुग्ने बोर्डको विश्वास छ । 

 

Skip This