२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


सगरमाथाबाट तीन हजार किलोग्राम फोहोर संकलन


0
Shares

काठमाडौं । सगरमाथा सफाई अभियान २०७६ अन्तर्गत तीन हजार किलोग्राम फोहोर संकलन गरिएको पर्यटन विभागले जनाएको छ ।

बैशाख १ गते लुक्लाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संकलन गरिएको फोहोर मध्ये २ हजार किलोग्राम ओखलढुङ्गामा र १ हजार किलोग्राम काठामाडौंस्थित एक संस्थालाई हस्तान्तरण गरिएको विभागले जनाएको छ ।

विभागले आइतबार गरेको पत्रकार सम्मेलनमा महानिर्देशक डण्डुराज घिमिरेले सगरमाथा वेश क्याम्प र वरपरबाट करिब ५ हजार किलोग्राम फोहोर संकलन गरिने पनि बताए ।

४५ दिने यस अभियानमा १२ जना जनशक्ति प्रयोग गरिने विभागले जनाएको छ ।

सगरमाथाबाट संकलित फोहोर जेठ १५ गते सगरमाथा दिवसको दिन नाम्चेमा र जेठ २२ गते विश्व वातावरण दिवसको दिन काठमाडौंमा प्रदर्शनी गरिने जनाइएको छ ।