५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


युवा विदेशिएपछि रोपाईं गर्ने ‘खेताला’को अभाव, धान खेतमा अलैंची (भिडियो)


0
Shares

-रविन भट्टराई, ईमेज

ताप्लेजुङ, असार २५ । मानो रोपेर मुरी उब्जाउने बेला हो असार । तर कृषिमा रणनीतिक योजना नहुँदा र बढ्दो बेरोजगार समस्याका कारण ताप्लेजुङमा भने असार बदलिँदै गएको छ ।

भाका हाल्दै असारे रोपाईमा जम्नेहरु अहिले ताप्लेजुङका गाउं बस्तीमा कमै भेटिन थालेका छन् । युवाहरुको विदेश पलायन र कृषिमा आकर्षण नहुनाले कतिपय खेतहरु मध्य असार बितिसक्दा पनि बाँझै भेटिन्छन् । कतिपयले अलैंची र रुख बिरुवा लगाएर बाँझो छैन भन्नेसम्म बनाएका छन् ।

ताप्लेजुङका अधिकांश युवाहरु बिदेशीएको र खेतमा काम गर्ने खेतालाको अभावमा धेरैले धान रोप्ने जग्गामा अहिले व्यवसायीक अलैंची खेती सुरु गरिएको छ ।

कुनै बेला यहाँ १० हजार ९ सय ९० हेक्टर जमिनमा धानबाली रोपिने गरेकोमा खेताला अभावकै कारण घटेर अहिले जिल्लामा ८ हजार ७ सय ६२ हजेक्टर क्षेत्रफलमा मात्र रोपाई हुने गरेको जिल्ला कृषि बिकास कार्यालयका ताप्लेजुङका प्रमुख रविन्द्र बहादुर प्रधान बताउँछन् ।

एक दशक पनि बितेको छैन । असारमा टोलैपिच्छे बेठी लगाउने चलन थियो । असार सुरु भएपछि अभिभावकलाई सहयोग गर्न बिद्यालयहरु बन्द हुन्थे । रोपाईमा आउनेलाई दही चिउरा बाडिन्थ्यो ।

बिबाहको प्रस्ताव लिएर आउने कुटुम्वेरी सँग केले पाल्छौं ? खेतीपाती जग्गा जमिन कतिछ ? भनेर छलफल हुन्थ्यो । तर, बदलिदो समाजमा छोरी दिनेले खेतीको कुरा गर्न छाडेको स्थानीय बताउंछन् ।