२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु, एकको अवस्था गम्भीर


0
Shares

उदयपुर । बेलका नगरपालिका–२ को रंगमहलमा मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कुम्भमेलामा सहभागी भएर सुनसरीको चतराबाट फर्किदै गर्दा स १० प ४२०३ को मोटरसाइकल अनियन्त्रित भर्इ सडकबाट ३० मिटर तल खसेको हो ।

दुर्घटनाका क्रममा मोटरसाइकल चालक ३० बर्षिय बेलका २ बस्ने देबचन यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय रामपुरका प्रहरी प्रमुख नवीन कुमार सिंहले बताए ।

मोटरसार्इकलको पछाडी सवार सोहि ठाउँ निबासी २५ बर्षीय अर्जुन यादब भने गम्भीर घाईते भएका छन् ।

घाइतेलाई उपचारका लागि बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको छ ।

यसअघि पनि २०७५ को तिहारमा धौसीको पैसाबाट बनभोज खायर फर्कदा बेलका २ का  रंगमहलमा ट्रयाक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको थियो ।