२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


दल दर्ताका लागि निर्वाचन आयोगमा ‘नयाँ शक्ति’


0
Shares

काठमाडौं, असार २६ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएको छ ।

काठमाडौंको भृकुटीमण्डपबाट र्‍यालीसहित निर्वाचन आयोग पुगेको नयाँ शक्तिले दल दर्ताका लागि आयोगको केन्द्रीय कार्यालय बहादुर भवनमा पुगेर निवेदन दिएको हो ।

नयाँ शक्तिले ‘नयाँ शक्ति पार्टी नेपाल’ नाम राख्ने जानकारीसहित आयोगमा निवेदन दिएको संयोजक भट्टराईले बताए । उनले अबको डेढ वर्षभित्र नयाँ शक्ति नेपाल देशकै ठूलो पार्टी बन्ने दाबी पनि गरे ।

आयोगमा बुझाएको निवेदनमा ९६ जनाको केन्द्रीय समिति रहने र त्यसमा ३४ जना महिला रहेको जानकारी दिइएको छ । एकीकृत माओवादीबाट बाहिरिएपछि बाबुराम भट्टराईले नयाँ राजनीतिक शक्ति गठन गरेका हुन् ।