काठमाडौं, असार २७ । नेकपा माओवादी केन्द्रका नेताहरुले सहमतीय सरकार गठनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेका छन् ।
आज बिहान माओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको माओवादी केन्द्र सचिवालयको बैठकले पुरानै सहमति अनुसार सरकार गठनका बारेमा पहलकदमी लिएर छलफल गर्ने सबै जिम्मा अध्यक्ष दाहाल प्रचण्डलाई दिएको हो
बैठकले नौ बुँदे सहमति र भद्र सहमतिको विषयमा एमाले अध्यक्षको हैसियतमा प्रधानमन्त्री केपी ओलीसँग आजै छलफल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।
सरकारमा सहभागी नेताहरुले ओली नेतृत्वको सरकारको विकल्पमा बन्ने राजनीतिक समीकरणमा पार्टीले उठाउँदै आएको एजेन्डा सम्बोधन हुने विश्वासको वातावरण पहिले आउनुपर्ने धारणा राखेका छन् ।
आइतबार पनि माओवादी केन्द्रका नेता र सरकारमा सहभागि मन्त्रीहरुबीच यसबारेमा छलफल भएको थियो । मन्त्रीहरुको छलफलसमेतको आधारमा हिजो साँझ नेतृत्वले सरकारको विषयमा एमाले नेताहरुसँग छलफल गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्