Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


राप्रपा र राप्रपा नेपालबीच एकीकरणको अवधारणापत्र साटासाट


0
Shares

काठमाडौं, असार २७ । पार्टी एकताको प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सोमबार आ–आफ्नो पार्टीले तयार पारेको एकीकरणको अवधारणापत्र साटासाट गरेका छन ।

राप्रपा नेपालका उपाध्यक्ष राजीव पराजुलीले राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दलाई एकीकरणको अवधारणापत्र बुझाएका थिए भने राप्रपाका महामन्त्री बुद्घिमान तामाङले राप्रपा नेपालमा अध्यक्ष कमल थापालाई अवधारणापत्र बुझाएका थिए ।

सो अवसरमा दुबै पार्टीका नेताहरुले अवधारणापत्रमाथि केन्द्रीय समितिमा छलफल गर्ने बताएका छन् ।

राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्दले कार्यकर्ताको निर्देशनअनुसार पार्टी एकीकरणको अभियान अगाडि बढेको बताए ।

त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुबै पार्टी एकीकरण गरी एउटा सशक्त पार्टी बनाउने बताए ।

सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकलाई के कति सूचना उपलब्ध गराइयो भन्ने तथ्याङ्ग सरकारसंग नरहेको बताउनु भएको छ । रफत सञ्चार क्लबले आज भक्तपुरमा गरेको कार्यक्रममा उहाँले मान्छेको टाउकोमा रौं गन्न नसक्ने जस्तै नेपालमा कतिले सुचना पाए त्यसबारे सरकारसँग कुनै तथ्याङ्क छैन भन्नुभयो । उहाँले नेपालीले मात्र नभएर बिदेशीले समेत सूचनाको हक उपभोग गर्न पाउनु पर्नेमा जोड दिनुभयो ।