२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


देउवासँग दाहालले राष्ट्रिय सरकारका लागि सहयोग मागे


0
Shares

                                                             फाइल फोटो

काठमाडौं, असार २७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउव र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार राष्ट्रिय सहमतिको सरकार गठन, संविधान कार्यान्वयन तथा मुलुकको समसामयिक परिस्थितिबारे छलफल गरेका छन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अपराह्न भएको भेटमा दुई नेताबीच राष्ट्रिय सहमतिको सरकार गठनलगायतका विषयमा कुराकानी भएको नेता देउवाका निजी सचिव केशव जोशीले जानकारी दिए ।

भेटकाक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको सरकारका लागि सहयोग गर्न प्रस्ताव राखेका थिए ।

यसअघि, सोमबार बिहान माओवादी केन्द्रको बैठकले सबै राजनीतिक दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न छलफल गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो ।

त्यसअनुरुप दाहालले कांग्रेससँग छलफल गरेका हुन् । रासस