
ताप्लेजुङ, असार २८ । ताप्लेजुङको सावादिन गाविसमा शनिवार गएको पहिरोले तमोर नदी थुनिएर बनेको तालको अबस्था अझै उस्तै रहेको छ ।
नदि थुनिएर करीव ६ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको ताल बन्दै फुरुम्बु तर्फको भाग बाट जमिन कटान गरी नदी बगिरहेको छ ।
नाक्ला भीरबाट पहिरोसँगै ठुला–ठुला चट्टान झरेर नदी थुनिएको हो । थुनिएको भाग खुल्न नसक्दा नदी किनाराका स्थानीय अझै त्रशित छन ।
प्रतिक्रिया दिनुहोस्