
उदयपुर, असार २८ । उदयपुरका अधिकांश माध्यमिक विद्यालयमा योग्यता नपुगेका व्यक्तिहरुले प्रधानाध्यापकको पद सम्हालेको फेला परेको छ । जसका कारण जिल्लाकै शैक्षिकस्तर खस्कँदै गएको सरोकारवालाले बताउन थालेका छन् ।
अधिकांश माध्यमिक विद्यालयमा प्राथमिक र राहत शिक्षक प्रधानाध्यापक बनेका छन् । जिल्लामा १४५ माध्यमिक विद्यालय र १२९ माध्यमिक शिक्षकको स्थायी दरबन्दी रहेको छ । यीमध्ये एक चौथाई माध्यामिक विद्यालयमा मात्र माध्यामिक शिक्षक प्रधानाध्यापक रहेका छन् ।
गाउँ गाउँमा माध्यमिक विद्यालय खोल्ने होड र शिक्षक दरवन्दीको अभावले यस्तो अवस्था आएको शिक्षकहरु नै बताउँछन् । पुराना र नाम चलेका विद्यालयमासमेत प्राथमिक तहका शिक्षक, निम्न माध्यामिक तहका शिक्षक र राहत शिक्षकले प्रधानाध्यापकको पद सम्हालिरहेका छन् ।
सामुदायिक विद्यालयको शैक्षिक उपलब्धिमा ह्रास र परिणाम खस्कनुमा यही कारण रहेको दावी सरोकारवालाहरुको छ ।
प्रतिक्रिया दिनुहोस्