१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


सुविधासम्पन्न सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण मारमा


0
Shares

धनगढी, असार २८ । एक लाख जनसंख्या भएको कैलालीको धनगढी शहरमा एउटा पनि सुविधासम्पन्न सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण मारमा परेका छन् ।

अव्यवस्थित शहरीकरणले धनगढीमा सार्वजनिक हितका लागि अत्यावश्यकीय संरचना बनाउन पनि समस्या पर्न थालेको हो । उपमहानगरपालिकाले सार्वजनिक शौचालय बनाउन आफ्नै नगरमा जग्गा नपाउनु अर्को आश्चर्य बनेको छ ।

१० वटा सुविधा सम्पन्न शौचालय थप गर्ने लक्ष्य राखेको उपमहानगरपालिकाले जग्गा नपाएपछि यस वर्ष पनि एउटै शौचालय बनाउन नसकेको हो ।