काठमाडौं, असार २८ । नेकपा माओवादी केन्द्रले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारबाट फिर्ता हुने निर्णय गर्दै पार्टी नेताहरुलाई सन्देश पठाएका हुन् ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले हामीसँग कुरा गर्दै सरकारबाट फिर्ता हुने निर्णय भएको पुष्टी गर्दै आजै पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराइने बताइन् ।
माओवादीले सरकारबाट फिर्ता हुने निर्णयबारे राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएको पनि जनाएको छ ।
सरकारबाट फिर्ता हुने माओवादीको निर्णयसँगै केपी ओली नेतृत्वको सरकारको भविष्य संकटमा परेको छ ।










प्रतिक्रिया दिनुहोस्