Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


अब दाहाल प्रधानमन्त्री, कांग्रेसबाट लिखित प्रतिबद्धता छ : महरा


0
Shares

काठमाडौं, असार २८ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्र मंगलबारैदेखि सरकारबाट बाहिरिएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रले सरकारबाट बाहिरिने औपचारिक घोषणा गरेको हो ।

माओवादी केन्द्रले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह पनि गरेको छ ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपाली कांग्रेसले पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन लिखित प्रतिबद्धता जनाइसकेको दाबी गरे ।

उनले पहिलो चरणमा केही समयका लागि दाहाल प्रधानमन्त्री बन्ने बताए ।

आन्दोलनरत् मधेसी दललाईसमेत सरकारमा सामेल गरेर सहमति खोज्ने गरी माओवादी केन्द्र र नेपाली कांग्रेसबीच छलफल भइरहेको बुझिएको छ ।

माओवादी केन्द्रले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराएका छन् ।

उनीहरुले सरकारबाट बाहिरिने निर्णयको पत्र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई बुझाएका हुन् ।