फाइल फोटो
काठमाडौं, असार २८ । सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्रको निर्णयलाई नेकपा एमालेले ‘आश्चर्यजनक’ भनेको छ ।
माओवादी केन्द्रको निर्णयबारे धारणा बनाउन र आवश्यक रणनीति तय गर्न मंगलबारै साँझ एमाले स्थायी कमिटीको बैठक बस्दैछ ।
हामीसँग कुरा गर्दै एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी केन्द्रको निर्णयलाई आश्चर्यजनक र अनुचित भनी टिप्पणी गरे ।
उनले माओवादीले समर्थन फिर्ता लिँदैमा सरकार अल्पमतमा परिनसकेको भन्दै साँझ बस्ने स्थायी कमिटी बैठकले अबको विकल्पबारे निर्णय गर्ने बताए ।
माओवादीले अहिलेको सरकारबाट बाहिरिने कुराको औचित्य कहिल्यै पुष्टि गर्न नसक्ने नेता पोखरेलको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्