
काठमाडौं, असार २८ । सन्चारमन्त्री शेरधन राईले नेकपा माओवादी केन्द्रले वर्तमान सरकार ढाल्नुको औचित्य कहिल्यै पुष्टि गर्न नसक्ने बताएका छन् ।
मंगलबार राजधानीमा भएको साक्षात्कारमा उनले माओवादी केन्द्रले ‘आत्मघाती निर्णय’ गरेको टिप्पणी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अब संविधान कार्यान्वयनका लागि तीन ठूला दलले आलोपालो नेतृत्व गर्ने गरी सहमति खोज्नुपर्नेमा जोड दिए ।
यस्तै, माओवादी केन्द्रका नेता देव गुरुङले राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्न तीन दल सहमति खोजेर अघि बढ्नुपर्ने बताए ।
नेता गुरुङले सबै पक्षबीचको सहमतिबाटमात्र गणतन्त्रलाई संस्थागत् गर्न सकिने बताए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्