२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


पछिल्लो परिस्थितिबारे विचार गरिरहेको छु : प्रधानमन्त्री


0
Shares

                                                          फाइल फोटो
काठमाडौं, असार २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकाबाट समर्थन फिर्ता लिएपछिको राजनीतिक परिस्थितिकाबारेमा आफूले विचार गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मंगलबार बाहिरिनेक्रममा उनले भने–‘माओवादीले बुझाएको पत्र प्राप्त भयो, तत्सम्बन्धमा कसरी अगाडि बढ्ने भन्नेबारेमा विचार गर्दैछु ।’

माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएपछि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी मन्त्रीसँग अनौपचारिक छलफल गरेका थिए ।

यस्तै, उपप्रधानमन्त्री भीम रावलले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा गरेको निर्णय दुई दलबीच भएको १४ बुँदे सहमतिको उल्लंघन भएको बताए ।

उनले राजनीतिक स्थायित्व प्रदान गर्ने र संविधान कार्यान्वयन गर्ने विषयमा पछिल्लो राजनीतिक घटनाक्रमले राम्रो नगरेको उल्लेख गरे ।

उनले भने–‘पछिल्लो अवस्थाबारे सरकारमा रहेका अन्य दल, आफ्नै पार्टीभित्र पनि गम्भीर छलफल गरेर, अवस्थाको विश्लेषण गर्दै अन्य दलसँग पनि छलफल गरेर निर्णय लिन्छौं ।’

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, माओवादी केन्द्रको निर्णय एवं भावी राजनीतिक अवस्थाकाबारेमासमेत सामान्य छलफल भएको थियो । रासस