२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


नयाँ सरकार गठनको दौडधूप सुरु, कांग्रेसको बैठक बस्दै


0
Shares

काठमाडौं, असार २९ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै राजनीतिक दलहरुबीच नयाँ सरकार गठनको दौडधूप सुरु भएको छ ।

नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्ष नेताहरुले छलफललाई तिव्रता पारेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

कांग्रेसले भावी सरकारको नेतृत्वलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको हो । त्यसैगरी नेकपा एमालेका शीर्ष नेताहरु पनि वर्तमान परिस्थितिको सामनाका लागि छलफलमा जुटेका छन् ।

एमालेले माओवादीले सरकार छाड्ने निर्णय गरेपछिको मुलुकको अवस्था र भावी र रणनीति तय गर्न आज पनि दिनभर छलफल गर्ने जनाएको छ ।

त्यसैगरी एकीकृत माओवादीले भावी सरकारको नेतृत्व आफ्नो पार्टीले लिने गरी राजनीतिक समझदारी कायम गर्न आज विभिन्न पक्षसँग छलफल गर्ने जनाएको छ ।