Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


प्रधानमन्त्री ओलीलाई साथ दिने राप्रपा नेपालको निर्णय


0
Shares

                                                           फाइल फोटो

काठमाडौं, असार २९ २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने कदमको समर्थन गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले प्रधानमन्त्री ओलीसमक्ष पदबाट राजीनामा दिने, विश्वासको प्रस्तावको सामना गर्ने अथवा विश्वासको मत लिने तीन विकल्प रहेको भन्दै पार्टीले तीन विकल्पमध्ये जुनसुकै विकल्प ओलीले लिएपनि पार्टीले साथ दिने निर्णय गरेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । रासस