
पर्वत, असार ३० । पर्वतको कुश्मा नगरपालिका–६ दुर्लुङ्गस्थित सल्यानमा बुधबार साँझ जन्ती बस दुर्घटना हुदा ८ जना घाइते भएका छन् ।
पर्वतको कुश्मा नगरपालिका १८ पकुवा दुर्लुङ पुगेको बस बेहुली लिएर फर्किने क्रममा दुर्घटना भएको हो ।
ध १ ख ९७ नम्वरको मिनिबस तिब्र गतिका कारण सडकबाट ५ मिटर तल बारीमा खस्दा यात्रुहरु घाईते भएका हुन् ।
घाईतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहेको छ । घाइते मध्ये एक जनाको अबस्था गम्भिर रहेकाले थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्