१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


सरकार परिवर्तनमा विदेशी चलखेल भयो : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिर्वतनमा विदेशी चलखेल भएको आरोप लगाएका छन् ।

रक्षा मन्त्रालयले आज राजधानीमा गरेको राष्ट्रिय सुरक्षा नीति गोष्ठीमा उनले कुनै पार्टीले सरकार छा्ड्दैमा हर्ष बढाई र भोजको आयोजना गर्नुले सरकार परिर्वतनमा विदेशी इशारा भएको स्पष्ट भएको बताएका हुन् ।

देश भित्र बिदेशी खेलकुद हुनु बिडम्बना भएको प्रधानमन्त्री ओलीले आन्तरिक विचारबाटै सरकार परिवर्तन सम्भव रहेको बताए ।

राष्ट्रिय हित र स्वभिमानको रक्षाको कुरा गर्दा कोही पनि आत्तिनु पर्ने अवस्था नभएको भन्दै उनले मित्रताको नाममा राष्ट्रिय हितलाई कमजोर पार्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

वर्तमान सरकारले छिमेकी संगको सम्बन्ध विगारेको आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले झुट हैन साँचो बोलेर राजनीति गर्न आग्रह गरे ।

नेपाललाई दुईवटै छिमेकीसंग पारवहन सम्बन्ध कायम गर्ने छुट भएको भन्दै उनले कुनै एक मुलकबाट मात्र गर्नु पर्छ भन्ने बाध्यता नएको बताए ।

लोकतन्त्र बलियो पार्ने नाममा सुरक्षा निकायलाई कमजोर पार्ने षड्यन्त्र भएको भन्दै उहाँले त्यस्तो अभिष्ट पुरा हुन नदिने प्रष्ट पारे ।

राष्ट्रिय एकता कमजोर भए राष्ट्रिय सुरक्षा कमजोर हुने भन्दै उनले राष्ट्रिय सुरक्षा नीतिमा सबैको साझा सहमति आवश्यक रहेको उल्लेख गरे ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले संविधानले सबैका हक, अधिकार सुनिश्चित गरी सकेकाले यसको पुर्नलेखन सम्भव नभएको भन्दै सम्शोधन मार्फत असन्तुष्टिहरुलाई सम्बोधन गर्न सकिने बताए ।

बिभिन्न जातजाती, सम्प्रदाय र भुगोलका कुरा गरेर राष्ट्रिय एकतालाई कमजोर पार्न खोजिएका भन्दै उनले अनुचित मागहरुलाई सरकारले सम्बोधन गर्न नसक्ने प्रष्ट पारे ।

पुर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराई र लोकेन्द्रबहादु चन्दले राष्ट्रिय सुरक्षा नितिलाई मुलुक अनुकुल बनाउनु पर्नेमा जोड दिए ।

उनीहरुले खुल्ला सिमानाका कारण राष्ट्रिय सुरक्षा कमजोर भएको भन्दै सुरक्षा नीतिको लागि सबै दलको समान धारणा बन्नु पर्ने सुझाव दिए । बिभिन्न क्षेत्रका सुरक्षावीद् सम्लग्न गोष्ठि आज दिन भर चल्ने छ ।