१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


प्रधानमन्त्रीले बोले ‘गम्भीर’ कुरा, ‘नेपालीको सजगतालाई म सलाम गर्न चाहन्छु’ (भिडियोसहित)


0
Shares

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिर्वतनमा बाह्य शक्तिको चलखेलले काम गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

रक्षा मन्त्रालयले विहीबार राजधानीमा गरेको राष्ट्रिय सुरक्षा नीति गोष्ठीमा उनले ‘कुनै पार्टीले सरकार छा्ड्दैमा हर्ष–बढाइँ र भोजको आयोजना गरिनुले कतै सबै खेल अरुको इशारामा भइरहेको त छै’ भन्ने आशंका गर्ने पर्याप्त ठाउँ बनेको’ बताए ।

उनले आान्तरिक विचारबाटै सरकार परिवर्तन सम्भव रहेको अवस्थामा अरुको इशारामा चल्नु दुःखद भएको टिप्पणीसमेत गरे ।

राष्ट्रिय हित र स्वभिमानको रक्षाको कुरा गर्दा कोहीपनि आत्तिनु आवश्यक नभएको उनको भनाइ थियो ।

मित्रताको नाममा नेपालको राष्ट्रिय हितलाई कमजोर पार्न नदिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफूले दुबै छिमेकीसँग सम्मान, समानता र सहकार्यको आधारमा अघि बढेको बताए ।

कुनै एक छिमेकीको भरमामात्र नेपाल राष्ट्रिय हितको बाटोमा अग्रसर हुन नसक्ने उनको भनाइ थियो ।

लोकतन्त्र बलियो पार्ने नाममा सुरक्षा निकायलाई कमजोर पार्ने प्रयास भएको भन्दै उनले त्यस्तो अभिष्ट पूरा हुन नदिने प्रस्ट पारे ।

राष्ट्रिय एकता कमजोर भए राष्ट्रिय सुरक्षा कमजोर हुने भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा नीतिमा सबैको साझा सहमति आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीले कसैका अनुचित मागलाई सम्बोधन गरेर लोकतन्त्रलाई कमजोर बनाउने बाटो आफूलाई स्वीकार्य नहुने पनि स्पस्ट पारे ।

पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र लोकेन्द्रबहादु चन्दले राष्ट्रिय सुरक्षा नितिलाई समयानुकल बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आमन्त्रण गरिएपनि नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने सहभागी भएनन् ।

भिडियो हेर्नुहोस्