
काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा आयोजना गरिएको आन्तरिक पर्यटन मेला–२०१९ शनिबार सकिएको छ ।
पहिला देश अनि विदेश भन्ने नारासहित आयोजित दुई दिने मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यबारे जानकारी प्रदान गरिएको थियो ।
एक सय भन्दा बढी स्टल राखिएको मेलामा विशेष सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । मेलामा ७ वटै प्रदेशका मुख्य परिकार प्रर्दशन गरिएको थियो ।
आन्तरिक पर्यटन प्रवद्र्धनको लागि यस्ता मेलाले सहयोग पुगेको संयोजक माधव प्रसाद सुवेदीले बताए ।
मेलाले भिजिट नेपाल २०२० लाई पनि सहयोग पुग्ने उनको भनाइ छ । मेलाको २ लाख बढिले अवलोकन गरेको आयोजकको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्